सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण

२०७८ कार्तिक ११, ०८:१९ रासस

विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण भएको छ। प्रदेशको सामाजिक मन्त्रालयका अनुसार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा एक जनामा सङ्क्रमण देखिएको हो। 

स्थानीय मालिकाके आधारमा मोरङको विराटनगरमा १९, रतुवामाई र सुन्दरहरैँचामा तीन÷तीन, उर्लाबारी, कटहरी र लेटाङमा एक÷एक, झापाको मेचीनगर, विर्तामोड र भद्रपुरमा तीन÷तीन, गौरादह, अर्जुनधारा र दमकमा दुई÷दुई, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज, शिवसताक्षी र कमल गाउँपालिकामा एक÷एक, सुनसरीको इटहरीमा १४, धरानमा तीन, इनरुवामा दुई, दुहवीमा एक  र इलामको इलाम नगरपालिकामा एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा आजै २६ महिलासहित ६३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित पाँच जनाको मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस