गोकुलेश्वर कृषि क्याम्पसलाई त्रि.बि. आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री देउवासमक्ष माग
धनगढी: बैतडीको डिलासैनीमा रहेका गोकुलेश्वर कृषि क्याम्पसलाई त्रि.बि. आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री देउवासमक्ष माग गरिएको छ। नेपाली कांग्रेसका नेता रमेश लेखकले क्याम्पसलाई त्रिभुवन बिश्वबिद्यालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेका हुन्।
बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता लेखकको नेतृत्वमा गोकुकेश्वर क्याम्पसका ब्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेर बहादुर देउवा सङ्ग भेट गरि सो माग राखेका हुन। जवाफमा प्रधानमन्त्री देउवाले वर्तमान सरकारको दुर्गम क्षेत्रमा शिक्षा , स्वास्थ्य लगायत प्राबिधिक शिक्षालाय स्थापना गर्ने कार्यक्रम प्राथमिकतामा रहेकाले गोकुकेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउन पहल गर्ने बताउका हुन्।
बि.स.२०६७ मा सम्बन्ध प्राप्त गोकुलेश्वर कृषि क्याम्पसको समुदघाटन २०६९ सालमा बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए। हाल क्याम्पसमा १७१ जना विद्यार्थी अध्ययनरत छन्। भेटकै क्रममा गोकुकेश्वरमा नै रहेको सेठीगाउ क्याम्पसलाई पनि सुदुर पश्चिम् बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन प्रतिनिधि मण्डलले माग गरेको थियो।लेखक नेतृत्वको प्रतिनिधि मण्डलमा नेपाली कांग्रेस बैतडीका पुर्व सभापति शिबराज भट्ट , क्याम्पस प्रमुख प्रमानन्द जोशी, क्याम्पस ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष नवराज पाण्डे , ने. बि.संघका पुर्व केन्द्रीय सदस्य जनक भट्ट ,नेपाली कांग्रेस डिलासैनी गाउपालिका सभापति जयानन्द जोशी, स्वबियु सभापति राजेन्द्र बम ,सेठीगाउ क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र प्रसाद जोशी लगायत सहभागीता रहेको थियो।