बैतडीकी मीनाको डुंगा दुर्घटनामा मृत्यु, भारतमै अन्तेष्टी
धनगढीः महाकाली नदीमा बुधबार डुंगा पल्टिँदा मृत्यु भएकी १२ वर्षीया मीना साउँदको भारतै अन्तेष्टी गरिएको छ। शिवनाथ गाउँपालिका १ घर भएका चक्रसिंह साउँदकी छोरी मीनाको महाकाली डुंगा पल्टिँदा मृत्यु भएको थियो।
महाकाली नदीमा पानी बहाव बढी भएकाले नेपाल ल्याउन सक्ने अवस्था नहुँदा मीनाको आज भारतमै आफन्तले अन्तेष्टी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।