धनगढीमा खुल्यो दिनेश इन्टरप्राइजेजको नयाँ शोरुम
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/249972253_538716503875215_3056896218799116758_n.png?itok=aox2uqVV)
धनगढी : कैलालीको धनगढीमा दिनेश इन्टरप्राइजेज प्रालिको नयाँ शोरुम उद्धघाटन गरिएको छ। सुदूरपश्चिमका लागि ह्यारिसन जेनेरेटर इण्डियाको आधिकारिक बिक्रेता रहेको दिनेश इन्टरप्राइजेज प्रालिले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।
बिहीबार एक कार्यक्रम आयोजना गर्दै नेपाल उद्योग वाणीज्य महासंघका पूर्व केन्द्रिय सदस्य, व्यवसायी तथा सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमाल, ह्यारिसन जेनेरेटर कम्पनीका जनरल म्यानेजर एसपी सिंह तथा प्रोजेक्ट म्यानेजर अभिनव त्यागीले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन्। झण्डै एक करोडको लागतमा शोरुम सञ्चालन गरिएको दिनेश इन्टरप्राइजेजका निर्देशक श्याम हमालले बताए।
उनले भने, ‘जेनेरेटर व्याकपका लागि हो। बत्ती नभएको समयमा यसले सहयोग गर्छ। अस्पताल, विद्यालय, होटल लगायत विभिन्न इमर्जेन्सी कामका लागी जरुरत हुन्छ। यसको क्षमता र भविष्य राम्रो छ।’
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)