बढ्यो सुनको मूल्यः चाँदीको स्थिर
काठमाडौँ: नेपालमा सुनको मूल्य प्रतितोला ४०० ले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० तोकिएको छ।
पहेँलो धातु बुधबार प्रतितोला ९२ हजार कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० तोकिएको थियो।
त्यस्तै चाँदी प्रतितोला एक हजार २५०मा कारोबार हुने महासङ्घले जनाएको छ। चाँदी बुधबार प्रतितोला एक हजार २५०मा नै कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।