सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोहोरो सुबिधा लिदै बाजुराका जनप्रतिनिधि

। फोटो स्रोत ।
२०७५ पुष ५, ०५:३१ प्रकाश सिंह

बाजुरा जिल्लाका बाट स्थानिय तहमा निर्वाचित भएका जनप्रतिनिधिले दोहोरो सुबिधा लिने गरेको पाईएको छ। सरकारी कर्मचारी सेवा बाट निवृत्तिभरण पनि लिइरहेको र जनप्रतिनिधि भए बाफत पाउनु पर्ने रकम पनि लिने गरेका छन्। 
स्थानिय स्वायत्त शासन ऐनमा एउटा ठाँउको मात्र सेवा लिन पाउनु पर्ने ब्यबस्था भएपनि बाजुरामा भने दोहोर सुबिधा लिइरहेका छन्। हिमाली गाँउपालिका ७ का वडाअध्यक्ष जय बहादुर अधिकारी पुर्व सैनिक हुन्। उनले निवृत्तिभरण पनि लिइरहेका छन्, गाँउपालिकामा मासिक पाँउनु पर्ने २० हजार पनि लिइरहेको गाँउपालिकाले जनाएको छ। त्यस्तै बुढिन्नदा नगरपालिका २ का वडा अध्यक्ष भिम बहादुर कार्की पुर्व भेटनरी जेटिए हुन्। उनि पनि दुबै सेवा लिइरहेका छन्। भिम बहादुर कार्कीले नगरपालिका बाट मासिक २२ हजार लिइरहेका छन्।
बडिमालिका नगरपालिकामा १ का वडा सदस्य बिश्वराज पण्डित पुर्व कृषि कार्यलयमा अधिकृत तहका कर्मचारी हुन्। उनि पनि दोहोरो सुबिधा लिइरहेका छन्। उनले नगरपालिका बाट वडा सदस्य भए बाफत पाउने मासिक ६ हजार रकम समेत बुझिरहेको बडिमालिका नगरपालिका लेखापाल पशुराम गिरीले वताएका छन्। आफुलाई दिन मिल्ने नमिल्ने कुनै जानकारी नभएको आफुहरुले भने नियमित दिइरहेको लेखापाल गिरीले वताए।
स्वामिकार्तिक गाँउपालिकाले भने गाँउपालिका बाट पाउनु पर्ने रकमको ५० प्रतिशत दिइरहेको वताएको छ। वडा नम्बर ५ का वडा अध्यक्ष बिष्णु ब शाहि पुर्व प्रहरी र वडा नम्बर ४ का अध्यक्ष काशिराम कैला बाणिज्य बैकका कर्मचारी हुन्, यि दुबै वडा अध्यक्षलाई भने गाँउपालिका बाट मासिक १० हजार मात्र दिने गरेको स्वामिकार्तिक गाँउपालिका निमित्त कार्यकारी कुबेर शाहिले वताए। उनले पाँउने मासिक २० हजार हो, तर निवृत्तिभरण पनि पाउने भएकाले ५० प्रतिशत मात्र दिने गरेको वताए।
कोष लेखा नियन्त्रण कार्यलय बाजुराका लेखापाल धन बहादुर थापा भने यस्तो अबस्थामा दुई मध्ये एक ठाँउको रकम मात्र लिन पाँउने ब्यबस्था रहेको वताए। नैतिक आधारले एक ठाँउको मात्र रकम लिनुपर्ने हो, तर देशैभरी दोहोरो सुबिधा लिने गरेको थापाले थपे। नियमन अनुगमन गर्ने निकाय कोही नहुँदा दोहोरो सुबिधा लिने गरेको पाईएको छ।
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस