सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि

२०७८ कार्तिक ८, ०५:४२ रासस

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले वृद्धि भएको छ। सुनको मूल्य बढेर प्रतितोला रु ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आज प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहेको छ। तेजाबी सुनकोे मूल्य आज प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर रु एक हजार २६५ पुगेको छ। चाँदी आज प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो।
 

कमेन्ट लोड गर्नुस