कञ्चनपुरमा शोरुमबाट मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरको एक शोरुमबाट मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन। बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको डिडी अटो मोबाइल शोरुममा तोडफोड गरी मोटरसाइल चोरी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका–११ का २० वर्षीय विवेक बम र शुक्लाफाँटा–१ का २१ वर्षीय पारस विष्ट पक्राउ परेका हुन्।
उनीहरूले चोरी गरिएको भनिएको मोटरसाइकल परालको थुप्रोमा लुकाइराखेको अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल चोरीमा पाँच जना संलग्न रहेको बताएको छ। चोरीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।