सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल शोरुमबाटै ३ वटा ‘पल्सर’ चोरी

२०७८ कार्तिक ७, ०१:१६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको एक मोटरसाइकल शोरुममा चोरी भएको छ। शनिबार राति जिल्लाको बेलौरी नगरपालिकास्थित बजारमा रहेको डिडी अटो मोबाइल शोरुममा तोडफोड गरी ३ वटा मोटरसाइकल चोरी भएका हुन्। शोरुमको सीसीटीभीको तार झिकेर ‘पल्सर २०० सिसी’ १ थान र ‘पल्सर १५० सिसी’ २ थान मोटरसाइकल चोरी भएको सञ्चालकले बताएका छन्।

प्रहरीले उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल खड्काले चोरी भएका मोटरसाइकलबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए। 

कमेन्ट लोड गर्नुस