मदिरा सेवनबाट एकजनाको मृत्यू
बैतडीको डिलाशैनीमा मदिरा सेवनबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका वडा नं ५ खेतीगाउँ कैनलीका ४५ बर्षीय रामदत्त जोशी रहेका छन्।
जोशीको मदिरा सेवनका कारण मंगलबार राती १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जोशी मदिरा सेवन गरी हरिनगर बजारमा बेहोश भएको अवस्थामा रहेको खबर पाउना साथ गोकुलेश्वर प्रहरीचौकीबाट प्रहरी टोली खटिएर गोकुलेश्वर अस्पतालमा पुर्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए। घटनाबारे थप अनुसन्धान भईरहेको समेत उनले बताए।