सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता भट्टराईलाइ उच्व ज्वरो, अस्पताल भर्ना

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ५, ०४:२९ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना भएका छन्। बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन्।

केही दिनदेखि उच्च ज्वरो आएर घरमै आराम गरे पनि कम नभएपछि शुक्रवार दिउँसोबाट वीर अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए। 

डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको गुरागाईले बताए।

कमेन्ट लोड गर्नुस