प्रधानमन्त्री देउवा भाइरल रोडमा
कञ्चनपुर: प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीको निर्माणाधिन पुल जोड्ने पहुँचमार्ग अन्तर्गत निर्माण गरिएको कालोपत्र सडकको निरीक्षण गरेका छन्। ‘भाइरल रोड’ले परिचित उक्त सडक महाकालीमा आएको बाढीले भत्काएपछि शुक्रबार प्रधानमन्त्री देउवाले निरीक्षण गरेका हुन्।
भाइरल रोडमै बनाइएको हेलिप्याडमा उत्रिएका प्रधानमन्त्री देउवाले राहतका कार्यक्रम ल्याइने बताएका छन्। ‘हामी निरीक्षणमा आएका छौं, काठमाडौं गएपछि मन्त्रीपरिषद्को बैठक बोलाएर निर्णय गर्छौ’ उनले भने। निरीक्षणको क्रममा भीमदत्तनगर पालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लालबहादुर शाहीले प्रम देउवालाई तटिय क्षेत्रको समस्या र ६ लेन सडक कटानीबारे ब्रिफिङ गरेका थिए।