सेती नदीमा हाम फाल्दा पूर्व प्रहरी बेपत्ता
बझाङ: बझाङको सेती नदीमा हाम फाल्दा एक युवक बेपत्ता भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १० पनकोटमा रहेको पक्की पुलबाट हाम फाल्दा अन्दाजी २८ वर्षीय नविन गिरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
शुक्रबार बिहान १० बजेतिर नदीमा हाम फालेको प्रहरीले जानाएको छ। बेपत्ता गिरी पूर्व प्रहरी रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।