५ सय ४५ सङ्क्रमित
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ५४५ मा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ५४९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो। आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ३१५ जना रहेका छन्। पाँचसय भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन्। पाँचसयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन्। सङ्क्रमण दर १८।६ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन्।
पछिल्लो २४ घण्टामा ७२६ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८४ हजार ८८१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।२ प्रतिशत रहेको छ।
आज कोरोना सङ्क्रमणबाट आठ जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३२६ जनाको निधन भएको छ । आज २३ हजार ५६८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ८५ लाख ८१ हजार १९५ पहिलो मात्रा र ६५ लाख ४६३ पूर्ण मात्राको खोप लगाइसकेका छन्।