सुदूरपश्चिका बिरामीलाई भारतको म्याक्स अस्पतालले छुट दिने
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/247628643_851505295521964_5715027957527793933_n.jpg?itok=vrs5TvmY)
धनगढी : भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न सहरमा रहेका म्याक्स अस्पतालले सुदूरपश्चिमबाट जाने बिरामीको उपचारमा छुट दिने भएको छ। आज कैलाली उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरेको भेलामा अस्पतालले बिभिन्न बिरामीको ५ देखि १० प्रतिशत छुट दिने बताएको हो।
म्याक्स अस्पतालको बजार विभागका दक्षिण एसिया प्रमुख ब्रिजेश भट्टले उपचार गराउन जाने बिरामीले छुट सुबिधा पाउने जनाएका हुन्। म्याक्समा उपचार गराउनु पर्दा भारतीय रुपैयाँ नभएको अवस्थामा नेपाली मुद्राबाट समेत भुक्तानी दिने व्यवस्था मिलाइने भट्टले बताए। म्याक्स अस्पतालका शाखा भारतका बिभिन्न सहरमा समेत सञ्चालनमा छन्।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)