सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा तीन नेपाली श्रमिकको मृत्यु

२०७८ कार्तिक १, ०७:५५ खबर संवाददाता

धनगढी: भारतको उत्तराखण्डमा भारी वर्षासँगै आएको पहिरोमा परी तीन नेपाली श्रमिकको मृत्यु भएको छ। भने, दुई जना घाइते भएका छन्। होटल निर्माणमा खटिएका श्रमिकहरु समखल भन्ने स्थानमा टेण्टमा बसेको जिल्लाधिकारी विजयकुमार जोगदान्डे बताएका छन्।  लगातारको वर्षाका कारण माथिल्लो भागबाट जमिन खस्र्दा उनीहरुलाई पुरिएको समाचारमा जनाइएको छ।

घटनामा घाइते दुई जनालाई अस्पताल भर्ना गरिएको छ। राज्य सरकारले मौसममा सुधार नआउँदासम्म हिमालय क्षेत्रका मन्दीरमा नजान आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस