सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ सय ९१ सङ्क्रमित

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १, ०६:३५ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ सङ्क्रमण देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ६९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो। आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८७४ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १७ रहेका छन्। पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन्। सङ्क्रमण दर १८।६ प्रतिशत रहेको छ। 

पछिल्लो २४ घण्टामा ९३७ जनाले सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमित सात लाख ८२ हजार ३९३ रहेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।१ प्रतिशत रहेको छ। 

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २९३ जनाको निधन भइसकेको छ। 
आज २७ हजार ७०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ८४ लाख १५ हजार ६७ जनाले पहिलो मात्रा र ६४ लाख ७० हजार १९५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस