सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेसाहारालाई राहत वितरण

२०७८ असोज ३०, ०८:२९ रासस

डोटी: जिल्लाको केआइसिंह गाउँपालिका–७ भुमिराजमाडौँका बेसाहारा बालबालिकालाई एमटीएस नामक गैह्रसरकारी संस्थाले राहत वितरण गरेको छ। बुबाको मृत्यु भएपछि आमाको स्वास्थ्य अवस्था बिग्रेर साहाराबिहिन बनेका तीन बालबालिकालाई उक्त संस्थाले राहत बितरण गरेको हो। 

करिब छ वर्ष पहिले बुवा रणबहादुर नेपालीको मृत्यु भएपछि उनीहरुका आमाको अवस्था पनि नाजुक बनेपछि छोराछोरीहरु १० वर्षीया खञ्जरी, ६ वर्षीया गच्ची र ३ वर्षीय पारस नेपाली विचल्लीमा परेका छन्।

दसैँको समयमा पनि खाद्यान्न नहुँदा तीन बालबालिकालाई समस्या भएको जानकारी पाएपछि आफुहरुले राहतका लागि खाद्यान्न तथा लगाउनका लागि लुगाकपडा बितरण गरेको उक्त संस्थाका जिल्ला संयोजक डबलबहादुर बमले बताए। उक्त संस्थाले ५० किलो चामल, दाल, नुन, तेल, साबुन र न्यानो लुगासहितका सामग्री बितरण गरेको वडाअध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस