सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ कांग्रेसको सभापतिमा खडकबहादुर विजयी

२०७८ असोज २३, १२:५६ खबर संवाददाता

धनगढीः बझाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा खडकबहादुर बोहरा विजयी भएका छन्। शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार रमेशबहादुर भण्डारीलाई हराउँदै बोहरा सभापतिमा निर्वाचित भएका हुन्।

बोहरा सभापतिमा विजयी भएको निर्वाचन समिति सदस्य रमानन्द जोशीले बताए। औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको उनले बताए। जिल्ला सभापतिका पराजित उम्मेदवार भण्डारीको प्यानलबाट सचिवमा झलक कठायतबाहेक सबै उम्मेदवार हारेका छन्।

बझाङको नतिजासँगै कांग्रेसले हिमाली क्षेत्रका १३ जिल्लामा जिल्ला अधिवेशन सकेको छ। जसमध्ये ७ जिल्लामा इतर समूह र ६ जिल्लामा संस्थापन पक्षका नेता सभापति बन्न सफल भएका छन्।
 

कमेन्ट लोड गर्नुस