बझाङमा कांग्रेस अधिवेशनका लागि नयाँ निर्वाचन अधिकृत खटिए
धनगढीः बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि नयाँ निर्वाचन अधिकृत खटिएका छन्। यसअघि खटाईएका निर्वाचन अधिकृत अपहरणमा परेपछि नयाँ अधिकृत खटिएका हुन्।
यसअघि पठाईएका अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएका थिए। उनी सम्पर्कविहीन भएपछि जिल्लामा अधिवेशन स्थगित गरिएको थियो। आज (सोमबार) कांग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले नयाँ अधिकृतका रुपमा उज्वलराज श्रेष्ठलाई खटाएको बझाङ कांग्रेसले जनाएको छ। नयाँ अधिकृत खटाएपछि नेताहरू अधिवेशनबारे छलफलमा जुटेका छन्।
१७ गते बिहान १० बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रवार राति १२ बजेपछि सम्पर्कविहीन भएका थिए।