सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनाजको प्याकिङ्ग गर्दा निश्चित परिमाण हुनुपर्ने

२०७८ असोज १८, ११:०३ खबर संवाददाता

धनगढी: उद्योग तथा उत्पादकले उपभोग्य वस्तु प्याकिङ्ग गर्दा तोकिएको नाप तौल वा संख्या(गोटा, गन्ती) को परिमाणमा गर्नुपर्ने नियम रहेको छ। स्टाण्डर्ड नाप तौल (मोहरबन्द प्याकेज) नियमावली २०७६ अनुसार कुनै पनि वस्तु प्याकिङ गर्दाको खुद परिमाणमा उत्पादक कम्पनीले तलमाथि गर्न नहुने उल्लेख छ। 

नियमावलीमा अनाज र दाल उत्पादन र प्याकेजिङ गर्ने उद्योगले १०० ग्रामभन्दा तलको तौलको लागि कुनै प्रतिबन्ध नरहेको, १०० ग्राम, २०० ग्राम, ५ किलोग्राम, ५ किलोग्रामभन्दा माथिको हकमा ५ किलोग्रामको अपवत्र्य (मल्टिपल्स्) मा हुनेपर्ने प्रावधान छ।

अनाज भन्नाले चामल, गहुँ, पिठो, मैदा, सुजी, चिउरा, भुजा लगायतका सबै खाद्यवस्तु सम्झनुपर्ने गुणस्तर तथा नापतौल कार्यालय धनगढीका प्रमुख दिपेन्द्र रोकाहाले बताए।

कमेन्ट लोड गर्नुस