सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढ्यो

२०७८ असोज १७, ०८:४५ रासस

धनगढीः सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। चौबीस घण्टामा एक हजार ५ सय ७० को नमुना परीक्षण गरिएको थियो। प्रदेशमा हाल सक्रिय सङ्क्रमित ३ सय ५३ छन्। 

कोरोना भाइरस फैलिएयता हालसम्म प्रदेशमा एन्टिजेन परीक्षण एक लाख ४५ हजार २ सय ७५ र पीसीआर परीक्षण दुई लाख छ हजार ९ सय ५४ समेत जम्मा तीन लाख ५२ हजार २ सय २९ जनाको नमूना परीक्षण भइसकेको छ। नमूना परीक्षण भएकामध्ये ४७ हजार २ सय ९८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ।

सङ्क्रमित हुनेमध्ये हालसम्म ४६ हजार ५ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन्। पाँच सय ९७ सङ्क्रमितको मृत्यु भएको छ। स्वाथ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले अवस्था जटिल बनेपछि मात्र सङ्क्रमितलाई अस्पताल पु¥याउने वा सङ्क्रमित व्यक्तिमा कुनै दीर्घ रोगी भएर नै मृत्युदर बढेको हुनसक्ने बताए।

पछिल्लो एक हप्तामा उपचाररत पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ। अघिल्लो हप्ता मृत्युदर योभन्दा कम थियो । पछिल्लो हप्तामा २०० सङ्क्रमित थपिँदा २५५ जना सङ्क्रमणमुक्त भएका छन्। 

 गएको २४ घण्टामा डडेलधुरा जिल्लाका ७० वर्षीय एक पुरुषको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। गएको शुक्रबार मात्रै कैलाली जिल्लाका ९० वर्षीय र ७० वर्षीय गरी दुई पुरुष सङ्क्रमितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस