उद्योग वाणिज्य संघका नक्कली सदस्यता वनाउने काममा जनप्रतिनिधिहरुको पनि मिलोमतो
कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि नक्कली व्यवसाय दर्ता गरी फर्जी मतदाता बनाउने कार्यमा धनगढीका बिभिन्न वडा कार्यालयहरुको मिलेमतो देखिएको छ ।
वडामा व्यवसाय दर्ता गर्न आउने अधिकांस व्यक्तीले फर्जी कागजात पेस गरेको थाहा पाएपनि वडा कार्यालयले धमाधम व्यवसाय दर्ताको प्रमाणपत्र दिएको हो ।
एकै दिन एकै व्यक्ती दर्जनौ व्यवसाय गरिरहेको भन्दै व्यवसाय दर्ता गर्न आउँदा वडा कार्यालयहरुले स्थलगत अनुगमन नै नगरी व्यवसाय धमाधम दर्ता गरेका हुन । यसले विशुद्ध व्यवसायीहरुको संस्था रहेको कैलाली उद्योग बाणीज्य संघमा फेरी पनि गैर व्यवसायीको हालिमुहाली गराउने पक्का छ ।
कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै नक्कली व्यवसायीको सदस्यता वनाउने चलखेलमा धनगढी उपमहानगरपालिका विभिन्न वडाका जन प्रतिनिधिहरुको मिलोमतो र संग्लनता देखिएको हो । राजनितिक आस्थाका साथै विभिन्न प्रलोभनका कारण उनीहरुले गैर व्यवसायीलाई व्यवसायी हो र व्यवसाय गरिरहेको छ भनेर दर्ता गरेका हुन ।
चैत महिनामा मात्रै कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई प्रभावित पार्नका लागि ९ सय नयाँ सदस्य थपिएकोमा ९० प्रतिशत व्यवसायी नक्कली सदस्य छन । चुनावमा उठ्न खोजेका कैलाली उद्योग बाणीज्य संघका केहि पदाधिकारी र वडाका जनप्रतिनिधिहरुको मिलोमतोमा नक्कली मतदाता तयार भईरहेका हन । धनगढीको वडा नम्वर २ मा राजेन्द्र देउवाले १०, भरतराम चौधरीले ९, नरेन्द्र साउँदले ८ डम्मर शाहीले ९ हंशरान रानाले ८ हिमान्दी सिंह र ७ डम्मर कलेलको नाममा ७प्रकारको व्यवसाय गरिरहेको भन्दै व्यवसाय दर्ता गर्दै कैलाली उद्योग वाणिज्य संघको सदस्यता लिएको वडा नम्वर २ का अध्यक्ष नरवहादुर वमले वताए ।
वडा नम्वर ३ मा ५३ ओटा नयाँ व्यवसाय दर्ता भएकोमा अधिकांशले एक भन्दा बढी व्यवसाय दर्ता गरेका छन । नर्सरा कुँवरले ४ सुरेन्द्र खत्री र वासुदेव खत्रीले २, २ व्यवसाय दर्ता गर्दै नक्कली सदस्यका रुपमा उद्योग वाणिज्य संघको भोटर भएका हुन । यसरी दर्ता गरिएका व्यवसायहरु प्रायः सामान्य प्रकारका जस्तै तरकारी फलफुल पसल, मर्मत पसल, खोका छाप्राका व्यवसाय रहेका छन । सामान्य प्रकारका व्यवसायहरु गरे वा नगरेको वारेमा वडा कार्यालयले नहेर्ने गरेका कारण नक्कली व्यवसायीहरुको विगविगी वढ्दै गएको वडा नम्वर ३ का वडा सचिव दिपक भण्डारीले वताए ।
वडा नम्वर ४ मा पनि चैतको दुई हप्तामा ५५ जना व्यवसायी दर्ता भएका छन । त्यसमा टेकराज ओझा, शंकर चौधरी, भुपेन्द्र कुँवर, एकसराज चटौत र रामजनम चौधरीको नामममा ५, ५ वटा व्यवसाय दर्ता भएका छन । निर्मला भट्ट लालसिंह राना चुन्नुराम रानाको नाममा ४, ४ वटा व्यवसाय दर्ता भएका छन । छुटपुट भएका वास्तविक व्यवसाय भएको भएपनि उनीहरु आफुले गरिरहेको व्यवसाय जुनसुकै वेला दर्ता गर्न सकिने अवस्थामा कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई भोट हाल्नका लागि नक्कली व्यवसायीको व्यवसाय दर्ता गरिएको हो । सानो रकम राजश्व पाउने भन्दै जनप्रतिनिधिहरुको मौनता र मिलोमतोले संघमा व्यवसायीहरुको संख्या भन्दा गैर व्यवसायीको संख्या दोव्वर वढी भईरहेको छ । व्यवसाय गरे नगरेको नहेरेरै दर्ता गरिएको वडा नम्वर ४ का सदस्य यज्ञराज जोशीले वताए ।
नक्कली सदस्यता सवैभन्दा वढी वडा नम्वर ५ मा २१० वटा वनाईएको छ । ३१ जनाले विभिन्न ५ प्रकारका व्यवसाय गरिरहेको भन्दै नक्कली व्यवसाय दर्ता गरेका छन । त्यहाँ गणेश खड्का डम्मर कुँवर विमला वोहोरा डम्मर शाही कलावती खड्का टेकवहादुर खड्का पद्म वोहोरा टेकवहादुर कुँवर, ईश्वरी जोरा, गोविन्द मल्ल, सुसिल पाण्डेय, विमला पाण्डेय, गीतादेवी ड्का रमेश खड्का, जानेन्द्र कुँवर, सीता खड्का, रेणु खड्का, विनोद खड्का, रुपवहादुर कुँवर, कविराज जैसी, सिद्धराज उपाध्याय, खगेन्द्र भट्ट, दिनेश विष्ट, ज्योती ओड, राजेश श्रेष्ठ, वलवहादुर महरा, विमला ओझा, राजवहादुर चेम्जोंग, आशिष चौधरी, जोगीराम चौधरी र पारसमणी फुलाराले ५, ५ व्यवसाय गरिरहेको भन्दै वडा नम्वर ५ को कार्यालयमा दर्ता गरेकोमा धर्मराज जैसी, दिपेश खड्का विमला खड्का र सालीभान ऐरको नाममा ४ प्रकारका व्यवसाय दर्ता हुनुले यो नक्कली हो भन्ने कुरामा कुनै शंका नै नरहेको वडा नम्वर ५ का अध्यक्ष हिरासिंह पातलीले वताए ।
जनताको कामकाज गर्नका लागि पठाईएका जन प्रतिनिधिहरु नक्कली व्यवसाय दर्ता गरेर कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको जोड घटाउमा लागेका हुन । नक्कली सदस्यता बनाउने कार्यमा सहयोग गर्न भन्दै वडाअध्यक्ष र जनप्रतिनिधिहरुसँग आर्थिक चलखेल भएको कुरा पनि चर्चामा आएको छ ।