सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोर्चुगलमा दुई समूहबीच कुटाकुट, दुई जना नेपाली घाइते (भिडिओ सहित)

२०७८ असोज ११, ०७:२५

बार्सिलोना: पोर्चुगलमा दुई समूहबीच कुटाकुट हुँदा दुई जना नेपाली घाइते भएका छन्। । शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कुटाकुट भएको हो। कुटपिटका क्रममा दुई नेपाली घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्। 

सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधिकारिक भएको दाबी गर्दै आएको छ भने अर्को समूहले चुनाव धाँधली भएकाले आफूहरूले वहिष्कार गरेको भन्दै समानान्तर समिति खडा गरेको बताइएको छ।  

 एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिले झडपपछि पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै विज्ञप्ति जारी गर्दै कुटपिट घटनाको पुष्टिसमेत गरेका छन्। घटनापछि दुवै पक्षले एक–अर्कालाई गुण्डागर्दीको आरोप लगाएका छन्। दुवै पक्षले एनआरएनए पोर्चुगलको लोगो प्रयोग भएको लेटरप्याडमा नै विज्ञप्ति लेखेका छन्।

रवीन्द्र अधिकारी अध्यक्ष रहेको समूहले विज्ञप्ति जारी गर्दै सोम शेर्पा र उनका साथमा आएका मानिसहरूले योजनावद्व रुपमा गुण्डागर्दी नियतले आक्रमण गरेको आरोप लगाएको छ।

‘छलफल सुरु हुनासाथ अध्यक्ष रवीन्द्र अधिकारी र साथीहरूमाथि हातपात गर्दै भौतिक रुपमा आक्रमण र गुण्डागर्दी गरिएको अपराधजन्य काम र क्रियाकलापको एनआएनए पोर्चुगल घोर भत्सर्ना गर्दछ,’ अधिकारी समूहको विज्ञप्तिमा लेखिएको छ।

विज्ञप्तिमार्फत आगामी २७ सेप्टेम्बर सोमबारदेखि एनआरएनए पोर्चुगलको कार्यलय खोलि नियमति रुपमा संचालनमा ल्याउने सूचना समेत जारी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस