सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका ८ पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, को–को भए सभापति?

२०७८ असोज १०, १०:४० खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत डोटीमा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ। 

दीपायल सिलगढी नगरपालिकाको नगर सभापतिमा गणेशबहादुर मलासी निर्वाचित भएका छन्। त्यस्तै जिल्लाको पूर्वीचौकी गाउँपालिकामा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा, आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा र केआई सिंह गाउँपालिकामा अर्जुन बहादुर बलायर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यस्तै शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, जोरायल गाउपालिकामा मोहनराज मल्ल र बडिकेदार गाउँपालिकामा करुणाकर जोशी सभापतिमा चयन भएका छन्। बोगटान फुडशिल गाउँपालिकामा भने सहमति नजुट्दा अधिवेशन हुन सकेको छैन। 

कमेन्ट लोड गर्नुस