सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य घट्यो

२०७८ असोज ८, १२:०१ रासस

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेकोे छ। छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ। तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० मा कारोबार भएको थियो। 

महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँचले बढेको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १५५ मा कारोबार भएकामा आज एक हजार १६० तोकिएको हो। अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ।

कमेन्ट लोड गर्नुस