कारोबार रकम बढेसँगै नेप्सेमा सामान्य सुधार
काठमाण्डौँः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार झिनो अङ्कले बढेको छ। शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २ दशमलव ७० अङ्कले बढेर दुई हजार ८१९ दशमलव ६५ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अङ्कले बढेर ५३०दशमलव ०२ मा उक्लिएको छ।
कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए। बिहिबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ।
नेप्सेका अनुसार बैंकिङ ४७दशमलव ३७ र वित्त ८ दशमलव २ अङ्कले उकालो लागे। केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो। व्यापार ४५ दशमलव ०७, होटल तथा पर्यटन ९७ दशमलव २७, विकास बैंक ८० दशमलव ४४, जलविद्युत् ७१ दशमलव ८, निर्जीवन बीमा ९२ दशमलव ०४, उत्पादन ८० दशमलव ४, अन्य २१ दशमलव ६१, लघुवित्त ४६ दशमलव ७९, जीवन बीमा ५१ दशमलव ०८, सामूहिक लगानी कोष ० दशमलव ०६ र लगानी २ दशमलव १६ बिन्दुले ओरालो लागेको छ।
कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो। नेपाल बैंक २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। प्राइम लाइफ इन्स्योरेन्स ६ दशमलव १३, नेपाल बैंक ५ दशमलव ५१, नेपाल बंगलादेश बैंक ५ दशमलव ३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४ दशमलव ०२ प्रतिशतले कमाएका छन्।
हिमालयन पावर पार्टनर ५ दशमलव ०९, यूनियन हाइड्रोपावर ५ दशमलव ०५, शिव श्री हाइड्रोपावर ४ दशमलव ६७, अरुण भ्याली हाइड्रोपावर ४ दशमलव ३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४दशमलव १४ प्रतिशतले गुमाए।