सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य पाँच सयले घट्यो

२०७८ असोज ७, ११:५२ रासस

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य पाँच सयले घटेको छ।

बुधबार ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६५० मा कारोबार भएको थियो। महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० ले घटेको छ। चाँदी बुधबार प्रतितोला एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १५५ तोकिएको छ। 

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस