विद्यार्थीलाई करणीको आरोपमा शिक्षक विरुद्ध मुद्दा
कैलालीको बर्दागोरीया गाँउपालिका–५ का नारायण चौधरीले विद्यार्थीलाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता भएको छ। बौनियामा रहेको रघुनाथ आर्दश माविका विद्यार्थी मंसीर १८ गते बर्दिया राष्ट्रिय निकुञ्ज वनभोज गएर फर्किदा घर जाने क्रममा जर्वजस्ती करणी गरेको भन्दै मुद्धा दर्ता गरिएको हो ।
वनभोजबाट फर्केकी विद्यार्थीलाई घरसम्म छोड्ने भन्दै चौधरीले करणी गरेको आरोप लागेको हो। बालिकाले दोस्रो दिन विद्यालयमा आएर साथीलाई भनेपछि यो बिषय प्रहरीमा आएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए।