सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका एमाले नेता रावत बेपत्ता

२०७८ असोज ७, ०६:१२ खबर संवाददाता

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्।

असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा अनन्ते मेला हेर्न गएका बान्नीगढी जयगढ गाउँपालिका -६ दर्नाका रावत सोही दिनदेखि बेपत्ता भएका पारिवारिक स्रोतले बताएको छ। आफन्त तथा प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ। रावत स्थानीय तहको निर्वाचनमा आफ्नो वडाबाट अध्यक्षका उम्मेद्वार बनेका थिए।

कमेन्ट लोड गर्नुस