थप १४ सय ७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौंः १३ हजार ९३० नमूना परीक्षणमा १४ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९० संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ११,०६७ नमूनाको पीसीआर र २८ सय ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट १२ सय ५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०५९ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप १६ सय ३० जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार १३९ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३३४ जनाको भेन्टिलेटरमा र ११९ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १५६०१८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।