सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका विद्यालयमा संस्कृत विषय पढाइने

२०७८ असोज ६, ११:१६ खबर संवाददाता

बैतडी: बैतडीका विद्यालयमा संस्कृत विषय पढाइने भएको छ। पाटन नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पढाइने भएको हो। 

नगर कार्यपालिकाको बैठकले पालिकाभित्रका विद्यालयहरुमा संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ। संस्कृत विषय अध्ययनले भाषागत ज्ञानको विकास गर्ने र भाषागत शुद्धतामा समेत सहयोग गर्ने भएकाले कक्षा ६ देखि ८ सम्म संस्कृत विषय पठनपाठन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए। 

यसअघि जिल्लाका २ वटा विद्यालयहरुमा संस्कृत विषय अध्यापन हुँदै आइरहेको छ।
 

कमेन्ट लोड गर्नुस