जन्मदिनको अवसरमा पत्रकार नेपालीद्वारा अमरगढी किल्लामा सरसफाई
२०७८ असोज ४, ०५:०५
डडेल्धुरा: जन्मदिनको अवसरमा पत्रकार तिर्थ नेपालीले डडेल्धुराको अमरगढी किल्लामा सरसफाई गरेका छन्। उनले आफ्ना सहकर्मीसँग मिलेर ऐतिहासिक पर्यटकिय क्षेत्र रहेको किल्लामा सरसफाई कार्यक्रम राखेका हुन्।
नेपाली विगत २ वर्षदेखि पत्रकारिता क्षेत्र कार्यरत छन्। डोटीको पूर्वीचौकी गाउँपालिका घर भएका उनी हाल सामुदायिक रेडियो आफ्नो एफएम १०४.८ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत छन्।
कमेन्ट लोड गर्नुस