सुदूर नेपाललाई विश्वसँग जोड्दै

साताको शेयर बजारः ४२ अर्बको कारोबार

२०७८ भदौ २६, ०७:४२ रासस

काठमाडौँ: धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो। कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो। 

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए। यस साता पाँच दिन नै शेयर कारोबार भयो।  नेप्सेमा उतारचढाव देखिँदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो। कुल २३० कम्पनीको आठ करोड ६७ लाख आठ हजार  आठ कित्ता शेयर ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार ५१० मूल्यमा खरिदबिक्री भयो। 

झन्डै २२ अर्ब बराबरको कारोबार हुने बजार छ अर्ब ६४ करोडको हाराहारीमा सीमित भएको छ। साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो। साताको पहिलो दिन नै कारोबार सुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुने क्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो । 

त्यस दिन कारोबार सुरु भएको एक घण्टामा नै झन्डै १०० अङ्कले ओरालो लागेको नेप्से पाँच प्रतिशतभन्दा बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से १०८।२६ ओरालो लागेर दुई हजार ८१८।७२ विन्दुमा ओर्लिएको थियो। 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९।७६ विन्दुले घटेर ५२२।०१ मा ओर्लियो। कुल दुई सय २३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता शेयर ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए। आइतबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुग्यो। 

कारोबार भएका कुल १३ उपसमूहको शेयर नै ओरालो लागे। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रही ७० करोड ३३ लाख ३० हजार दुई सय आठ बराबरको हिसाब देखियो। त्यस दिन झन्डै डेढ दर्जन कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो। साताको दोस्रो दिन सोमबार आइतबारको ठीक विपरीत नेप्सेमा उछाल देखियो। 

कुल  ४५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो। आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भयो। अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतामा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको थियो। 

त्यस दिन नेप्से १६१।९४ विन्दुले उकालो लागेर दुई हजार ९८०।७८ मा पुग्यो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३१।४१ विन्दुले उकालो लागेर ५५३।४० मा पुग्यो। कुल दुई सय २४ कम्पनीको एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता शेयर एक लाख नौ हजार एक सय ८२ पटक कारोबार भयो। नेप्सेका अनुसार कुल नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात मूल्यमा खरिद बिक्री भए। कारोबार भएका कुल १३ उपसमूहको शेयर उकालो लाग्यो। सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार एक सय एक मूल्यमा खरिद–बिक्री भए। 

साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक पनि उच्च अङ्कले ओरालो लाग्यो। त्यस दिन नेप्सेमा ४४।१८ विन्दुले ओरालो लागेर दुई हजार ९३६।६० मा ओर्लियो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।०५ विन्दुले घटेर ५४८।३५ मा ओर्लियो। कुल दुई सय २२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार पाँच सय आठ पटक शेयर कारोबार भए। नेप्सेका अनुसार कुल रु सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ मूल्यमा खरिद बिक्री भए। 

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो । नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रहेको छ। सो कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार सानिमा लाइफ इन्सुरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। 

साताको चौथो दिन बुधबार नेप्से परिसूचक पनि उच्च अङ्कले घट्यो। त्यस दिन नेप्से ६०।०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६।५९ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।९१ विन्दुले ओरालो लागेर ५३६।५१ मा पुग्यो। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घट्यो । कुल दुई सय २५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ मूल्यमा खरिद–बिक्री भए । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। 

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो। नेप्से ०।६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५।९७ मा ओर्लियो। त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १।५३ अङ्कले ओरालो लागेर ५३५।२९ मा ओर्लियो। कुल दुई सय ३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार आठ सय ५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो। साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार एक सय ७३ बराबर पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस