देउवापुत्र जयवीरले सक्रिय राजनीतिमा आउन इच्छा देखाएनन्
धनगढीः केहीदिन अघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा राजनीतिमा आउन लागेको चर्चा चलेको थियो। उनले बुवाकै जन्मस्थान गन्यापुरा गाउँपालिका वडा नम्बर १ असिग्रामबाट क्रियाशील सदस्यता लिएपछि उक्त चर्चा चलेको थियो।
तर शनिबार सम्पन्न वडा अधिवेशनमा उनी उपस्थित भएनन्। वडा नम्बर १ का वडाअध्यक्ष चेतराम भट्टका अनुसार जयवीर सिंहलाई क्षेत्रिय प्रतिनिधि बनाउने सबैको चाहना थियो। ‘उहाँलाई क्षेत्रिय प्रतिनिधि बनाउने सबैको चाहना थियो। तर उहाँ आउनु भएन्,’ वडा अधिवेशनका प्रमुख अतिथि समेत रहेका भट्टले भने, ‘इच्छा व्यक्त नगरेपछि उहाँ क्रियाशील सदस्यमै सिमित रहनुभयो।’
उमेरले २६ वर्ष पुगेका जयवीरले बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका हुन्।