सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा तुलाराम बोहराको अध्यक्षतामा ५१ सदस्यीय एकिकृत समाजवादीको जिल्ला कमिटी घोषणा

२०७८ भदौ २५, ०८:५१ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा ५१ सदस्यीय नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी घोषणा गरिएको छ।

शुक्रबार तुलाराम बोहराको अध्यक्षतामा ५१ सदस्य कमिटी घोषणा गरेको हो। कमिटीको उपाध्यक्षमा प्रेमबहादुर साउँद, सचिव सुरेन्द्र बहादुर बिष्ट, उप सचिव कमला साउँद, सदस्यहरुमा भुवन पाठक, खेमराज पाठक, तिर्थ भण्डारी, लक्ष्मी गैराल, डम्बर साउँद, कमला माली, वसन्त भण्डारी लगायतका चयन भएका छन्।

एमाले डडेल्धुरा अध्यक्ष डा.तारा जोशीले पार्टी विभाजनपछि एमाले नै राजेपछि जिल्लामा बोहराको नेतृत्वमा नयाँ जिल्ला कमिटी घोषणा भएको हो ।

कमेन्ट लोड गर्नुस