डडेल्धुरामा सभापति देउवाबाटै लोकतन्त्रको उपहास भयोः रामचन्द्र पौडेल
धनगढीः कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले प्रशासनिक दुरुपयोग गरेर लोकतन्त्रकै उपहार गरेको बताएका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले भनेका छन्–नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनीक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो।
पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र, तर व्यवहार अलोकतान्त्रिक ! नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ। महाधिवेशनको लागि यो शुभसंकेत होइन।