नेपालले पहिलो हाफमा लियो २ गोलको अग्रता
भनगढीः बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले २ गोलको अग्रता लिएको छ। नेपालका लागि पहिलो हाफमा सविता राना र प्रीति राईले गोल गरेका हुन्।
खेलको १४औँ मिनेटमा सविताले गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन्। २४औं मिनेटमा प्रीतिले खेलमा नेपाली टोलीको अग्रता दोब्बर बनाइन्। दुवै खेलाडीले डेब्यू गोल गरेका हुन्।
एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।