अखिल (क्रान्तिकारी) डोटीको अध्यक्षमा जोशी
धनगढीः अखिल (क्रान्तिकारी) डोटीको सातौं जिल्ला अधिवेशनबाट प्रकाश जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
केन्द्रीय नेता दिपेश पुनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट जोशीको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन भएको हो।
कार्यसमितिको उपाध्यक्षमा किरण अधिकारी, सचिवमा महेश चुनारा, सहसचिवमा मानबहादुर कुँवर, दिपा साउद, दलबहादुर साउद, हर्क कोली, योगेन्द्र भट्ट र कोषाध्यक्षमा लक्ष्मी भट्टराई चयन भएका छन्।