सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योग वाणिज्य संघको सदस्यताका लागि ३ हजार दुई सय व्यवसायीद्धारा आवेदन

सम्बन्धित कार्यालयसँग सहकार्य गरेर छानविन सुरु हुने

२०७५ मंसिर १६, ०७:४० सीताराम ओझा

कैलाली उद्योग वाणिज्य संघको सदस्यता विवाद समाधानका लागि माग गरिएका आवश्यक कागजात बुझाउनका लागि दिईएको १० दिनको समयमा तीन हजार दुई सय  जना व्यवसायीले सदस्यताका लागि आवेदन दिएका छन् । सुरुमा दिईएको सातको समय र त्यसपछि तीन दिन थपेर दिईएको १० दिनमा तीन हजार दुई सय जना व्यवसायीले संघको सदस्यका लागि आवेदन दिएका छन् । संघको साधारण सभा स्वतन्त्र निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्नका लागि गठन भएको छानविन समितीले तोकिएका आवश्यक कागजात पेस गर्न सुचना जारी गरेपछि व्यवसायीले कागजात बुझाएका हुन् । 

कैलाली उद्योग वाणिज्य संघको सदस्य हुनका लागि घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य कार्यालयमा दर्ता भएको, प्यान भ्याटमा दर्ता भएको र कर चुक्ता भएको कागजपत्र पेस गरेपछि संघको सदस्य हुन पाउने मापदण्ड वनाईएकोले सोही अनुसार कागजात पेस गर्न व्यवसायीहरुलाई आग्रह गरिएको थियो । त्यसमा दुई हजार ५ सय २१ जना व्यवसायीले भने सवै कागजात वुझाएका छन तर ६ सय ७९ जनाको भने कर चुक्ताको प्रमाण नभएकोले उनीहरुलाई कर तिरेको रसिद ल्याएमा सदस्य बनाउन पाउने सहमति भईसकेको छानविन समितीकी सदस्य सचिव गोमा अधिकारीले जानकारी दिईन् । 

संघको सदस्य हुनका लागि नयाँ सदस्यले दर्ता र पुराना सदस्यले नविकरणका लागि आवश्यक कागजात वुझाएका हुन् । नयाँ सदस्यका लागि दुई हजार ५५ र नविकरणका लागि प्रति बर्ष पाँच सयका दरले रकम लिईएको थियो । त्यसमा १४ सय १४ जना नयाँ सदस्य बनेका छन भने वाँकीले नविकरण गरेका छन । सो वापत संघलाई ३२ लाख ७५ हजार आम्दानी भएको कैलाली उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत ज्योती भट्टले जानकारी दिए । उच्च अदालत दिपायलले निर्वाचन रोक्न आदेश दिनु अघि जारी गरिएको निर्वाचन नामावलीमा ५ हजार ९ सय ९० जना सदस्य रहेका थिए । अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन प्रक्रिया अगाडी वढाउन सोमबारदेखि नै छानविनको काम सुरु हुने भएको छ ।  

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस