सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा आज १ हजार ८९७ संक्रमित थपिए, २० जनाको मृत्यु

२०७८ भदौ २१, ०५:११ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९७ जना कोभिड संक्रमित थपिएका छन्। १५ हजार ९७९ वटा नमूनाको परीक्षण गर्दा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो चौबीस घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ। नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ। 

आज १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन्। आजसम्म देशभर कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस