सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कांग्रेसको वडा अधिवेशन ढिलो हुने

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ १७, ११:५७ खबर संवाददाता

बैतडीः नेपाली कांग्रेसले देशभर भदौ १८ गते वडा तहको अधिवेशन गर्ने कार्यक्रम तय गरे पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिलो हुने भएको छ। अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ मात्र सबै वडामा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले जानकारी दिए।

अधिवेशनका लागि तयारी अपुग भएकाले अधिवेशन ढिलो हुने उनले बताए। यता, बैतडी पुगेका निर्वाचन अधिकृत पुष्पराज जोशीले पनि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त गर्न बाँकी रहेको विष्टले बताए।  

जिल्ला कार्य सम्पादन समितिको बैठकले नै आवश्यक तयारी नपुगेकाले तीन दिनपछि सार्दै २१ गते वडा तहको अधिवेशन गर्ने निर्णय गरेको बताईएको छ।

कमेन्ट लोड गर्नुस