बैतडीको दोगडाकेदारका युवकको मलेसियामा मृत्यु
२०७८ भदौ १६, ०८:४०
धनगढी: बैतडीको दोगडाकेदारका ३३ वर्षीय युवकको मलेसियामा मृत्यु भएको छ।
दोगडाकेदार गाउँपालिका ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्टको बुधबार मृत्यु भएको हो। सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा रहेका बेला मृत्यु भएको जनाइएको छ।
उनको शव परीक्षणका लागि क्वालाम्पुर अस्पतालमा राखिएको छ। उनको मृत्युको कारण भन्ने खुल्न सकेको छैन।
कमेन्ट लोड गर्नुस