सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी कमाउन सकिन्छ फेसबुकबाट पैसा

२०७८ भदौ १६, ०४:१८ खबर संवाददाता

काठमाडौंः फेसबुक विश्वमा सबैभन्दा रूचाइएको सोसल साइट हो। नेपालमा पनि फेसबुक धेरैले फेसबुक चलाउँछन्। धेरै मानिसहरूलाई फेसबुकबाट पनि आम्दानी गर्न सकिन्छ भन्‍ने जानकारी भने नहुँन सक्छ।

आज हामी तपाईंलाई फेसबुक पेजबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिदैँछौँ। फेसबुकमार्फत पैसा कमाउनको लागि सुरुमा तपाईंसँग एउटा वेबसाइट वा ब्लग र ६० दिन पुरानो फेसबुक पेज आवश्यकता पर्छ। यदि तपाईं सँग यी दुवै कुरा छन भने आउनुहोस सुरू गरौं कसरी कमाउने त फेसबुकबाट पैसा।

१-आफ्नो फेसबुक पेज खोल्नुहोस् र त्यसमा पब्लिसिङ टुलमा जानुहोस् । जुन तपाईंको पेजको साइटमा देख्न सक्नुहन्छ वा सीधै फेसबुक क्रियटर्स स्टुडियोमा जानुहोस्। त्यसपछि तपाईको सामु तपाईं एडमिन भएका पेजहरू देखिन्छन । तपाईंले कुन पेजमा इन्टान्ट आर्टिकल एप्रुभ गराउने हो त्यस पेजलाई छान्नुहोस्।

२-अब तपाईंको सामु विभिन्न विकल्पहरू देखा पर्छन्। जस्तै तपाईंले फेसबुकको पोलिसहरू पढेर कन्फर्म गर्नुहोस्। पोलसि र भएका सबै एग्रिमेन्टहरू कन्फर्म गरेपछि बाँकी रहेका अरू अप्सनहरू जस्तै साइट लिंक राख्नुहोस्।

३-रिभ्युकालागि तपाईंका साइटका १० ओटा आर्टिकल हुनुपर्ने हुन्छ र यी आर्टिकलहरु कतैबाट कपि भएको हुनुहुँदैन भने आर्टिकल करिब तीन सय भन्दा बढी शब्दको हुनुपर्छ।

४-अब तपाईंले कमाउनु भएको पैसा प्राप्तिका लागि बैंक विवरण भर्नुहोस। अब आफ्नो साइट र पेज फेसबुक रिभ्यूकालागि फेसबुक टिमलाई पठाउनुहोस् हाल कोभिड–१९ का कारणले गर्दा केहि हप्तापछि फेसबुकले एप्रभ भएनभएको सोही ड्यासबोर्डमा जानकारी दिनेछ।

याद राख्नुहोस तपाईंको साइटमा एक महिनामा १५ हजार भन्दा माथि फेसबुकबाट ट्राफिक गएको हुनुपर्दछ अन्यथा फेसबुकले तपाईंको साइडलाई मिनिमल रिडरसिपमा राख्नेछ। यसरी तपाईंले सामान्य तरिकाले घरबाटै केही मेहनत गरेर फेसबुकबाट आम्दानी गर्न सक्नुहुनेछ।

कमेन्ट लोड गर्नुस