सुनको मूल्य घट्यो
२०७८ भदौ १६, १२:०५
काठमाडौं : बुधबार नेपाली बजारमासुनको मूल्यमा गिरावट आएको छ। प्रति तोलामा २०० रुपैयाँले घटी ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। प्रति तोलामा १० रुपैयाँले घटी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट लोड गर्नुस