सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको स्कारपियो बैतडीमा खस्यो

२०७८ भदौ १४, ०८:४३ खबर संवाददाता

धनगढीः दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको स्कारपियो दुर्घटना भएको छ। गोकुलेश्वारदेखि महेन्द्रनगर आउँदै गरेको बा १२ च ४२४० नम्बरकाे स्कारपियो दुर्घटना भएको हो।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ खोलचेक बजार नजिकै सडकबाट चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले बताए।

उनका अनुसार स्कारपियो सडक भन्दा एक सय मिटर तल खसेको छ। उक्त स्कारपियोमा चालकसहित २ जना सवार थिए। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस