बैतडीको मेलौली नगरपालिकाका विद्यालय बन्द
धनगढी: बैतडीको मेलौली नगरपालिकाका विद्यालय बन्द गरिएका छन्।
चाडपर्वको समयमा विदेशबाट घर फर्किने नागरिकको संख्या बढिरहेकाले कोरोना संक्रमणको जोखिम पनि बढ्ने बताउँदै नगरपालिकले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकामा गत साउन १० गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गरिएको थियो।
नगरपालिकाले शुक्रबार एक सूचना जारी गरी त्यहाँका केही व्यक्तिमा संक्रमण देखिएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाउँदै वैकल्पिक विधिबाट शिक्षण गर्न आग्रह गरेको छ।