एक वर्षको अवधिमा दार्चुलामा २१ आत्महत्याका घटना
धनगढी: एक वर्षको अवधिमा दार्चुलामा २१ जनाले आत्महत्या गरेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका २१ जनाले आत्महत्या गरेका छन्। तीमध्ये १० महिला, ९ पुरुष र दुई जना बालिका रहेका छन्। जिल्लामा आत्महत्या गर्ने बालिकादेखि ७२ वर्षसम्मका वृद्ध समेत छन्। अधिकाशंले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीले बताए।