बझाङमा गाई मारेको आरोपमा युवक पक्राउ
काठमाडौंः बझाङको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा स्थानीय युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री छन्। जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
राजकोट–५ स्थित छात्रबास फलामे पुलमा गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिप्रका बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।