सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा २९ हजार जनाको कोरोना परीक्षण

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ ११, ०२:१६ खबर संवाददाता

बैतडीः बैतडीमा हालसम्म कोरोना संक्रमण भए नभएको थाहा पाउन २९ हजार बढी नागरिकको स्वाब परीक्षण गरिएको छ।

पीसीआर र एन्टिजेन विधिबाट गरी २९ हजार १४५ जनाको स्वाब परीक्षण गरिएकोमा दुई हजार ७२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। कार्यालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ७७० जनाको स्वाब परीक्षण गरिएको छ। ती मध्ये दुई हजार २९५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, एन्टिजेन विधिबाट १४ हजार ३७५ जनाको स्वाब परीक्षण गरिएकोमा ४२३ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

अहिले पनि जिल्लामा स्वाब परीक्षण दायरा बढाइएको छ। जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २७ रहेको छ। 

कमेन्ट लोड गर्नुस